काठमाडौं । बागलुङ बडिगाड गाउँपालिका–१० आरुपाटामा पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीन जनाको उद्धार भएको छ ।
उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । स्थानीय जोगबहादुर बुढाको घर मंगलबार बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । हाल चारजना बेपत्ता छन् । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पुर्याउन सकिएको थिएन ।
नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको उपचार गरेका थिए । तीनजना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको छ ।

