२०८३, आश्विन २० गते

images
  • उर्जा
  • दोर्दी खोलाको कटअफ मूल्य साधारणको २७०...

दोर्दी खोलाको कटअफ मूल्य साधारणको २७० रुपैयाँ र संस्थापकको २६५ रुपैयाँ

दोर्दी खोलाको कटअफ मूल्य साधारणको २७० रुपैयाँ र संस्थापकको २६५ रुपैयाँ

सीएनएन खबर
बिहिवार, जेठ २९ २०८२१०:५७
सीएनएन खबर
बिहिवार, जेठ २९ २०८२१०:५७
  • images

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको सेयरको कटअप मूल्य निर्धारण गरिएको छ । कम्पनीले लिलामीमा बिक्री गरेको सेयरको कटअफ मूल्य प्रतिकित्ता २७० रुपैयाँ निर्धारण भएको छ । 


    बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको संस्थापक समूहको (लकइनमा रहेको) सेयरको कटअफ मूल्य २६५ रुपैयाँ कायम भएको छ । यस्तै, सर्वसाधारण समूहको (लकइनमा रहेको) सेयरको कटअफ मूल्य प्रतिकित्ता २७० रुपैयाँ निर्धारण भएको कम्पनीले जनाएको छ । 


    कम्पनीले अंकित मूल्य १ सय रुपैयाँ दरका संस्थापक समूहको (लकइनमा रहेको) १२ लाख ८५ हजार ४१ कित्ता, सर्वसाधारण समूहको (लकइनमा रहेको) १ लाख ६५ हजार ९५६ कित्ता र सर्वसाधारण समूहको ४ लाख ९५ हजार ६७९ कित्ता (लकईनमा नरहेको) गरी कुल १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित सेयर जेठ ११ गतेदेखि जेठ २० गतेसम्म बिक्री खुला गरेको थियो ।

     
    कम्पनीको उक्त सेयर खरिदका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्रहरुको प्रशोधन गरि निष्काशनकर्ता कम्पनीले जेठ २८ गते बाँडफाँड गरिएको जनाएको छ ।


    कटअफ मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको तथा सर्वसाधारण समूहको (लकइनमा नरहेको) हकमा माग भन्दा कम सेयर खरिदको लागि आवेदन प्राप्त भएकोले रितपुर्वक आवेदन पेश गर्नेहरूलाई माग बमोजिम बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । बाँडफाँटको विवरण बिक्री प्रबन्धकको वेबसाइटबाट हेर्न सकिनेछ । 


    बाँडफाँडमा नपरेको सेयर बापतको रकम फिर्ता भुक्तानी जेठ ३० गते शुक्रबारदेखि आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा आइपीएस मार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ । 

    सर्वसाधारण समूह (लकइनमा नरहेको) तर्फ ९३ हजार ६२९ कित्ता सेयरको लागि आवेदन नपरेकाले पुनः लिलाम बिक्री गरिने कम्पनीले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend