२०८३, आश्विन २० गते

images

भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना

भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना

बिहिवार, जेठ २९ २०८२०२:४४
बिहिवार, जेठ २९ २०८२०२:४४
  • images

    काठमाडौँ । भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । भारतीय सञ्चार माध्यमका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानी शहरमा अवस्थित विमानस्थल नजिकै एउटा विमान दुर्घटनाग्रस्त भएको हो ।

    दुर्घटनाग्रस्त जहाजको भागहरूबाट धुवाँ निस्किरहेको दृश्य देखिएको भन्दै इन्डिया टुडेले लेखेको छ । दुर्घटना उडान भर्ने क्रममा भएको थियो ।

    विमान एयर इन्डियाको भएको बताइए पनि यसबारेमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भने भइनसकेको इन्डिया टुडेले लेखेको छ । दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend