एजेन्सी । थाइल्यान्डमा एयर इन्डियाको एउटा विमान आपत्कालीन अवतरण गरिएको छ। शुक्रबार बिहान थाइल्यान्डको फुकेटबाट दिल्लीका लागि उडेको विमानमा बम रहेको जानकारी आएपछि उतै आपत्कालीन अवतरण गर्नुपरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार १५६ जना सवार उडान नम्बर एआई-३७९ विमान शुक्रबार बिहान ९:३० बजे आपत्कालीन अवतरण गरिएको हो। बमको धम्की कसले किन दियो भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। अवतरणलगत्तै सबै यात्रुलाई ओरालिएको थियो।

