२०८३, आश्विन २० गते

images
  • बैंक बित्त
  • निफ्राको ‘ग्रीन इनर्जी बन्ड’मा ऐतिहासिक माग,...

निफ्राको ‘ग्रीन इनर्जी बन्ड’मा ऐतिहासिक माग, ३.८ गुणाले ओभर सब्स्क्राइब

निफ्राको ‘ग्रीन इनर्जी बन्ड’मा ऐतिहासिक माग, ३.८ गुणाले ओभर सब्स्क्राइब

सीएनएन खबर
शुक्रवार, जेठ ३० २०८२०३:३०
सीएनएन खबर
शुक्रवार, जेठ ३० २०८२०३:३०
  • images

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) द्वारा जारी गरिएको ‘निफ्रा ग्रीन इनर्जी बन्ड ६% – २०८८/८९’ प्रति लगानीकर्ताले अत्यधिक चासो देखाएका छन्। ५ अर्ब रुपैयाँ बराबरको बन्डमा ३.८ गुणा बढी आवेदन प्राप्त भएपछि बन्ड बाँडफाँड कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

    बन्ड निष्कासन तथा बाँडफाँडको व्यवस्थापन एनआईएमबी एस क्यापिटल लिमिटेडले गरेको थियो। काठमाडौँको लाजिम्पाटस्थित एनआईएमबी एस क्यापिटलको कार्यालयमा आयोजित बाँडफाँड कार्यक्रममा नियामक निकाय, निफ्रा, र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

    निफ्राले यो बन्ड ६.५ प्रतिशत निश्चित वार्षिक ब्याजदरमा ७ वर्ष अवधिका लागि ल्याएको हो। बन्डको ६० प्रतिशत भाग निजी प्लेसमेन्टमार्फत र बाँकी ४० प्रतिशत सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको थियो।

    एनआईएमबी एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवन्थ बहादुर पाण्डेले भने, “नेपालमा पहिलोपटक हरित ऊर्जा बन्ड जारी गरेर हामीले नवप्रवर्तन र दिगोपनप्रतिको हाम्रो प्रतिबद्धता प्रस्तुत गरेका छौँ। यो पहल देशको जलवायु-लचिलो विकासका लागि समयानुकूल र प्रभावकारी वित्तीय समाधान हो।”

    यस बन्डबाट संकलित रकम जलविद्युत्, सौर्य ऊर्जा लगायतका स्वच्छ र नवीकरणीय ऊर्जामा आधारित पूर्वाधार परियोजनाहरूमा लगानी गरिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend