२०८३, आश्विन १९ गते

images

सिद्धार्थ बैंक र दराजको सहकार्यमा ‘१०–१० दशैं धमाका’, कार्डमार्फत भुक्तानीमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक र दराजको सहकार्यमा ‘१०–१० दशैं धमाका’, कार्डमार्फत भुक्तानीमा १५ प्रतिशतसम्म छुट

शनिवार, आश्विन १७ २०८३११:०३
शनिवार, आश्विन १७ २०८३११:०३
  • images

    काठमाडौँ । सिद्धार्थ बैंकले दराजसँगको सहकार्यमा दशैंलाई लक्षित गर्दै ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजमार्फत सामान खरिद गर्दा ग्राहकले अधिकतम १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    असोज १५ गतेदेखि असोज २६ गतेसम्म अर्थात् अक्टोबर १ देखि १२, २०२६ सम्म सञ्चालन हुने अफरमा सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म, अधिकतम १ हजार रुपैयाँ र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म, अधिकतम १ हजार ५०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।

    छुट प्राप्त गर्न ग्राहकले दराजको ‘Mega Dashain Discounts 10.10’ अभियानअन्तर्गत ‘Bank Voucher’ सेक्सनमा गएर सिद्धार्थ बैंकको भौचर संकलन गर्नुपर्नेछ । संकलित भौचर ग्राहकको दराज प्रोफाइलको ‘My Vouchers’ मा सुरक्षित रहने बैंकले जनाएको छ ।

    त्यसपछि १ हजार ९९९ रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्दा उक्त भौचर छनोट गरी भुक्तानीको माध्यममा Visa Debit/Credit Card चयन गर्नुपर्नेछ । सिद्धार्थ बैंकको सम्बन्धित कार्डमार्फत भुक्तानी गरेपछि ग्राहकले अफरअन्तर्गतको छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकका अनुसार दशैंको समयमा अनलाइन किनमेललाई थप सहज, सुरक्षित तथा लाभदायी बनाउने उद्देश्यले दराजसँगको सहकार्यमा अफर ल्याइएको हो । यसले ग्राहकलाई डिजिटल भुक्तानीका सहज र सुरक्षित माध्यम प्रयोग गर्न प्रोत्साहित गर्नुका साथै दशैंको किनमेलमा थप सुविधा र लाभ प्रदान गर्ने अपेक्षा बैंकले गरेको छ ।

    अफरसम्बन्धी थप जानकारीका लागि सिद्धार्थ बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend