२०८३, आश्विन २० गते

images

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा(अपडेट)

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा(अपडेट)

बुधवार, श्रावण २३ २०८१०१:५९
बुधवार, श्रावण २३ २०८१०१:५९
  • images

    काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग नियमित सञ्चालनमा आएको छ । पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ नाग्दीखोलामा आज बिहान खसेको पहिरो पन्छ्याएर ११:३० बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको हो । 

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार लामो समयसम्म सडक अवरुद्ध बनेका कारण रोकिएका सवारी साधन पार गराएर दुवैतर्फ सडक खुलाउने काम गरिने छ । बिहान ७:३५ बजेदेखि सडक अवरुद्ध बनेको थियो ।

    तस्बिरः मुग्लिन बजार पेज

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend