२०८३, आश्विन २० गते

images
  • समाचार
  • २० जना सवार माइक्रो नागढुंगामा दुर्घटना,...

२० जना सवार माइक्रो नागढुंगामा दुर्घटना, २ जनाको अवस्था गम्भीर

२० जना सवार माइक्रो नागढुंगामा दुर्घटना, २ जनाको अवस्था गम्भीर

शनिवार, जेठ ३१ २०८२०९:५९
शनिवार, जेठ ३१ २०८२०९:५९
  • images

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि माइक्रोबस दुर्घटना भएको छ । घाइतेको बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपाल अस्पतालमा उपचार भइरहेको छ।
     
    काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा३ख ८३२९ नंको माइक्रोबस अनियन्त्रित भई शनिबार अपराह्न सडकबाट करिब ८० मिटर तल खसेको थियो। उक्त माइक्रोबसमा चालक तथा सहचालकसहित २० जना सवार थिए।
     
    सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलबाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमान्डमा खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार गरेको छ । घाइतेमध्ये २ जनाको अवस्था भने गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ। दुर्घटनामा चार बालबालिका, ५ महिला र ११ पुरुष घाइते भएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend