२०८३, आश्विन २० गते

images
  • विश्व
  • ट्रम्पको दाबी : ‘भारत–पाकिस्तानजस्तै इरान–इजरायलबीच...

ट्रम्पको दाबी : ‘भारत–पाकिस्तानजस्तै इरान–इजरायलबीच पनि सम्झौता गराउँछु’

ट्रम्पको दाबी : ‘भारत–पाकिस्तानजस्तै इरान–इजरायलबीच पनि सम्झौता गराउँछु’

सीएनएन खबर
सोमवार, आषाढ २ २०८२१०:२१
सीएनएन खबर
सोमवार, आषाढ २ २०८२१०:२१
  • images

    काठमाडौँ । मेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-पाकिस्तान युद्ध अन्त्य गराएजस्तै इरान-इजरायलबीच पनि आफूले सहमति गराउने दाबी गरेका छन्। ट्र्म्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसरी मैले भारत र पाकिस्तानबीच सम्झौता गराएको छु, त्यसरी नै म यी दुईबीच पनि सम्झौता गराउन सक्छु।’

    ट्रम्पले भारत र पाकिस्तानबीच आफूले नै पनि युद्धविराम गराएको दाबी बारम्बार गरिरहेका छन्। तर यस विषयमा पाकिस्तानले अमेरिकालाई धन्यवाद दिए पनि भारतले भने अहिलेसम्म युद्धविराममा अमेरिकी भूमिकाको कुनै चर्चा गरेको छैन। 

    ट्रम्पले सर्बिया र कोसोभोसँगै इजिप्ट र इथियोपियाबीचको द्वन्द्व पनि  रोकेको उल्लेख गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘मेरो पहिलो कार्यकालमा सर्बिया र कोसोभोबीच दशकौँ लामो तनाव थियो र यो युद्धमा परिणत हुन लागेको थियो। तर मैले यसलाई रोकेँ।’

    यसपछि ट्रम्पले इजिप्ट र इथियोपियाबीच पनि नाइल नदीलाई असर गर्ने बाँधका विषयमा भएको विवाद पनि  उल्लेख गरेका छन्।उनले लेखेका छन्, ‘मेरो हस्तक्षेपपछि अहिले त्यहाँ शान्ति छ।’ ट्रम्पले अगाडि लेखेका छन्, 'त्यस्तैगरी इजरायल र इरान बीच चाँडै शान्ति हुनेछ। धेरै बैठकहरू भइरहेका छन्, फोनमा कुराकानी भइरहेका छन्।’

    उनले गुनासो गर्दै यो पनि लेखेका छन्, ‘म धेरै गर्छु तर मलाई यसको श्रेय मिल्दैन। तर मलाई लाग्छ( आम मानिसले यो कुरा बुझ्छन्।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend