२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • पूर्वगभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरयुक्त १० रुपैयाँको...

पूर्वगभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरयुक्त १० रुपैयाँको नोट प्रचलनमा

पूर्वगभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरयुक्त १० रुपैयाँको नोट प्रचलनमा

सीएनएन खबर
सोमवार, आषाढ २ २०८२१०:४०
सीएनएन खबर
सोमवार, आषाढ २ २०८२१०:४०
  • images

    काठमाडौं । पूर्वगभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेका १० का नोट प्रचलनमा आउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै साविककै आकारप्रकार र रङ भएको तर तत्कालीन गभर्नर अधिकारीको हस्ताक्षर रहेका १० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याइएको जनाएको हो ।

    नोटमा ०००००९ देखि ५ ९९९९९९ सम्म संकेत नम्बर रहेकोमा अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर अधिकारीको दस्तखत र तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा विसं २०८१ लेखिएको हुनेछ ।

    यस्तै पृष्ठ भागको माथिल्लो खण्डमा अंग्रेजी ठूलो वर्णमालामा नेपाल राष्ट्र बैंक लेखिएको लेखिएको, मध्य भागमा कृष्णसारको चित्र रहेको, तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपैयाँ टेन लेखिएको र तल्लो भागमा सिरिज नम्बर र २०२४ एडी लेखिएको हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend