२०८३, आश्विन २० गते

images

‘अलबिदा’ लेख्दै सम्पर्कविहीन भए डाक्टर

‘अलबिदा’ लेख्दै सम्पर्कविहीन भए डाक्टर

सोमवार, आषाढ २ २०८२१२:४६
सोमवार, आषाढ २ २०८२१२:४६
  • images

    काठमाडौं । सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर  चिकित्सक डा.केशव श्रेष्ठ सम्पर्क विहीन भएका छन् ।  प्रहरीले खोजी गरिरहेको जनाएको छ। प्रहरीको साइबर व्यूरो प्रमुख डीआइजी नविन्द अर्यालले सूचना पाईसकेपछि लोकेसन खोजी कार्य जारी राखेको जानकारी दिए।

    रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा श्रेष्ठले सामाजिक फेसबुकमा अलविदा लेखेर  मोवाइल बन्द गरेको पाईएको थियो। उनले करिब २ घण्टाअघि फेसबुकमा सबै जनालाई अलविदा मलाई माफ गरिदिनु भन्दै लेखेका छन्। 
    १८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा श्रेष्ठले आफूलाई काम गर्न नदिएका कारण यो कदम चाल्न बाध्य भएको उल्लेख गरेका छन्। 

    झुटो आरोप लगाएर रामेछापबाट हेटौँ अस्पतालमा  सरुवा गराएको तर हाजिर स्वास्थ्य मन्त्रालयमा गराईएको छ। ‘मलाई धेरै दुख दिए, अहिले यो दुख÷पीडा सहन अनि सोचन पनि सकेको छैन। मैले जिन्दगीबाट नै हार खाए,’ उनले लेखेका छन्, ‘कतैबाट केही साथ सहयोग पाउन सकिनँ।’ 

    उनले थप लेखेका छन्, ‘डा. नरेन्द्र झा, रेबती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे। म बाचे भने न्याय पाउँछु जस्तो लागेन। ’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend