एजेन्सी । नयाँ दिल्लीका लागि उडेको एयर इन्डिया बोइङ ७८७-८ ड्रिमलाइनर समस्या देखिएपछि हङकङ नै फिर्ता भएको छ।
सोमबार दिउँसो हङकङ विमानस्थलबाट प्रस्थान गरेको विमान १ घण्टामा हङकङ नै फर्किएको थियो। उडान ट्र्याकिङ एप फ्लाइटराडार२४ ले देखाएअनुसार एआई३१५ दिउँसो १२:१६ मा हङकङबाट प्रस्थान गरेको थियो।
तर, ६ घण्टाको उडानका लागि प्रस्थान गरेको विमान १ घण्टामा हङकङ नै फर्किएको थियो। हङकङ विमानस्थल प्राधिकरणकाअनुसार उडान दिउँसो १ बजे सहरको विमानस्थलमा फर्किएको थियो। ‘स्थानीय स्ट्यान्डबाइ’ अनुरोधपछि करिब १:१५ बजे सुरक्षित अवतरण भएको थियो।
पाइलटले विमानमा प्राविधिक समस्या भएको शंका गरे र सुरक्षा सावधानीका लागि हङकङ फर्कने निर्णय गरेको एयर इन्डियाले बताएको छ।

