२०८३, आश्विन २० गते

images

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थल(तस्बिरहरु)

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थल(तस्बिरहरु)

बुधवार, श्रावण २३ २०८१०४:२३
बुधवार, श्रावण २३ २०८१०४:२३
  • images


    काठमाडौं । एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएपछि उद्धार टोलीले मृतकको शव संकलन कार्य सुरु गरेको छ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार बुधबार दिउँसो १ः५४ बजे रसुवाको स्याँफ्रुबेसीका लागि उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कबिहीन भएको थियो।

    दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। हेलिकप्टरमा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिक सवार रहेको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए।

    सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सशस्त्रको सुरक्षा बेस बालाजुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १० जना तथा १९ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ४५ जनाको टोली घटनास्थलतर्फ पठाइएको छ।

    साथै ककनीस्थित यूएन तालिम केन्द्रबाट समेत सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा थप ११ जनाको टोली पनि खटाइएको छ । खोज तथा उद्धारका लागि काठमाडौंबाट प्रभु कम्पनीको ९ एन–एएनएल हेलिकप्टर दुर्घटनास्थलतर्फ पठाइएको क्यानले जनाएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए। अन्य चारजना चिनियाँ नागरिक रहेका छन्।

    ज्यान गुमाउनेमा चिनियाँ नागरिकहरू ६७ वर्षीय जुदाड टाङ, ९१ वर्षीया जिली, ४१ वर्षीय यियाद वु र ६७ वर्षीय जेमिङ सी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । 

    air3.jpg

    air po2.jpg
    undefined
    acc5.jpg
    undefined
    air3.jpg
    undefined
    acc4.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend