२०८३, आश्विन १९ गते

images
  • समाचार
  • पाटन अस्पतालले माग्यो कर्मचारी, कसरी दिने...

पाटन अस्पतालले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

पाटन अस्पतालले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

सीएनएन खबर
शुक्रवार, आषाढ ७ २०८१०८:२५
सीएनएन खबर
शुक्रवार, आषाढ ७ २०८१०८:२५
  • images

    काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । प्रतिष्ठानले शुक्रबार सूचना जारी गर्दै विभिन्न पदका लागि खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्ने गरी ३३ जना कर्मचारी माग गरेको हो ।

    सूचना अनुसार प्राध्यापक, सह प्राध्यापक, सहायक प्राध्यापक, फार्मेसी टेक्नोलोजिष्ट, ल्याब टेक्नोलोजिष्ट, ओरल हाईजिनिष्ट, बायोमेडिकल टेक्निसियन, फार्मेसी टेक्निसियन, अटोमोबाइल सबइन्जिनियर र जुनियर लेखा सहायक पदको विभिन्न तह, सेवा, समूह तथा उपसमूहमा ३३ कर्मचारी माग गरेको छ ।

    सूचनाअनुसार यसमा अधिकृतका लागि २१ तथा सहायकको लागि १८ वर्ष उमेर पूरा भएका र प्राज्ञिक सेवातर्फ सहायक प्राध्यापकका लागि ४२, सह प्राध्यापकका लागि ४५ वर्ष, प्राविधिक सेवातर्फ ४०, प्रशासनतर्फ ३५ वर्ष उमेर ननाघेका योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

    आवेदन दिने अन्तिम मिति असार २७ गते र दोब्बर दस्तूर तिरेर साउन ३ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

    patann notice.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend