२०८३, आश्विन २० गते

images
  • समाचार
  • हेलिकप्टर दुर्घटना : अनुभवी  प्रशिक्षक पाइलट...

हेलिकप्टर दुर्घटना : अनुभवी  प्रशिक्षक पाइलट  थिए मल्ल

हेलिकप्टर दुर्घटना : अनुभवी  प्रशिक्षक पाइलट  थिए मल्ल

बुधवार, श्रावण २३ २०८१०४:५६
बुधवार, श्रावण २३ २०८१०४:५६
  • images


    काठमाडौं । बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका क्याप्टेन अरूण मल्ल ३० वर्षे अनुभवी प्रशिक्षक पाइलट (आईपी) रहेको बताइएको छ । 

    उक्त हेलिकोप्टर यसअघि २०७९ को चैत २५ गते ह्यास अस्पतालमा पनि दुर्घटनामा परेको थियो। यस्तै १६ वर्षअघि पनि दुर्घटनामा परेको पाइएको छ । क्याप्टेन मल्ल २०७० असोज १० सोलुखुम्बुको लुक्लामा भएको दुर्घटना परेका थिए ।

    सो दुर्घटनामा एयर डाइनेस्टी हेलिसर्भिसेसको हेलिकोप्टरका चालक क्याप्टेन मल्लसहित ३ यात्रु सवार थिए । बुधबार  नुवाकोटको सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटनामा क्याप्टेन मल्लसहित ५ जनाको निधन भएको छ । हेलिकप्टरमा चार चिनियाँ यात्रु सवार थिए ।

    क्याप्टेन मल्लका परिवारमा श्रीमती र दुई छोरी छन्। उनी काठमाडौंका स्थानीय हुन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend