काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले एसटीसी युपीआई कार्ड प्रयोगकर्ताका लागि मौलाकाली केवलकारमा १० प्रतिशत छुट दिने विशेष अफर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी एससीटीले नवलपुरको गैँडाकोटस्थित प्रसिद्ध धार्मिक स्थल मौलाकाली मन्दिरसम्मको केवलकार यात्रालाई थप सहज र किफायती बनाउन यो छुट योजना सुरु गरेको हो ।
समुद्री सतहबाट १८४१ फिटको उचाइमा रहेको मौलाकाली मन्दिरमा दर्शनका लागि आउने श्रद्धालुहरूका लागि केवल कार यात्रा निकै लोकप्रिय छ । अबदेखि एसटीसी युपीआई कार्ड प्रयोगकर्ताले पीओएस मेसिनमार्फत टिकट खरिद गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।
एससीटीका अनुसार, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले यो सहकार्य गरिएको हो । कम्पनीले यो छुटले मौलाकाली दर्शनका लागि आउने तीर्थयात्री र पर्यटकहरूलाई थप आकर्षण प्रदान गर्ने विश्वास लिएको छ ।
एससीटीले युपीआई कार्डमार्फत विभिन्न व्यापारिक प्रतिष्ठानमा छुट, सुविधा र डिजिटल भुक्तानी प्रवर्द्धनमा निरन्तर लागिरहेको छ । मौलाकाली केवलकारसँगको सहकार्य पनि त्यही पहलको निरन्तरता भएको कम्पनीले स्पष्ट पारेको छ ।
उक्त अफर सीमित अवधिका लागि लागू हुनेछ भने ग्राहकहरूलाई छुट प्राप्त गर्न एसटीसी युपीआई कार्डमार्फत मात्रै भुक्तानी गर्नुपर्नेछ ।

