२०८३, आश्विन २० गते

images
  • विश्व
  • युद्धग्रस्त क्षेत्रमा रहेका नेपाली सुरक्षित, दूतावासको...

युद्धग्रस्त क्षेत्रमा रहेका नेपाली सुरक्षित, दूतावासको आग्रह – घरमै बस्नुस्

युद्धग्रस्त क्षेत्रमा रहेका नेपाली सुरक्षित, दूतावासको आग्रह – घरमै बस्नुस्

सीएनएन खबर
मंगलवार, आषाढ ३ २०८२०९:४९
सीएनएन खबर
मंगलवार, आषाढ ३ २०८२०९:४९
  • images

    काठमाडौं । इजरायल र इरानबीच जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा पनि नेपाली नागरिकहरू हालसम्म सबै सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    israil pararastra notice.jpg
    undefined

    शुक्रबारदेखि सुरू भएको मिसाइल र ड्रोन आक्रमणका कारण दुवै देशको हवाई क्षेत्र बन्द गरिएको छ। आक्रमण र प्रतिआक्रमणका कारण स्थानीय समयअनुसार मंगलबार बिहान इरानको राजधानी तेहरानमा समेत विस्फोटको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५,५०० र इरानमा एक दर्जन जति नेपाली छन्। हालसम्म उनीहरू सुरक्षित रहेको र उनीहरूको अवस्थाबारे दुवै देशका नेपाली दूतावासहरू सधैं सम्पर्कमा रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

    इजरायलस्थित नेपाली दूतावासले आइतबार सूचना जारी गर्दै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षित आश्रयस्थलमा बस्न आग्रह गरेको छ। त्यहाँ शैक्षिक संस्था र अधिकांश कार्यालयहरू पनि बन्द गरिएका छन्।

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलको तेल अभिभ र कतारको दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोनमार्फत निर्देशन दिँदै नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न भनेकी छन्। दूतावासमार्फत अद्यावधिक सूचना नियमित रूपमा प्रवाह गर्न र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन पनि निर्देशन दिइएको छ।

    दूतावासको आपतकालीन सम्पर्क:

    कुमारबहादुर श्रेष्ठ (द्वितीय सचिव) : ९७२–५३५३६०७४८

    सञ्जयकुमार शाह (तृतीय सचिव) : ९७२–५४५५८२०७७

    तेल अभिभस्थित एक नेपाली कामदार अमृत केसीका अनुसार उनीहरू हालसम्म सुरक्षित छन् र आफूहरू कृषि फार्ममा अन्य दिन झैँ काम गरिरहेका छन्। “सुरक्षा सायरन बजेको सुने पनि हाम्रो क्षेत्र अहिलेसम्म सुरक्षित छ,” उनले भने।

    यसैबीच, इरानले इजरायलका तेलअभिभ, हर्जलिया लगायतका क्षेत्रमा आक्रमण गरेको छ भने इजरायलले इरानका तेहरान, ताबरिज, नातान्ज लगायतका क्षेत्रमा हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend