२०८३, आश्विन २० गते

images
  • विश्व
  • मिसाइल प्रहारबाट इजरायलको १००० शय्याको अस्पताल...

मिसाइल प्रहारबाट इजरायलको १००० शय्याको अस्पताल ध्वस्त

मिसाइल प्रहारबाट इजरायलको १००० शय्याको अस्पताल ध्वस्त

बिहिवार, आषाढ ५ २०८२०१:४०
बिहिवार, आषाढ ५ २०८२०१:४०
  • images

    एजेन्सी । इरान र इजरायलबीचको युद्ध तीव्र हुँदै गइरहेको छ। इजरायलको आक्रमणपछि इरानले आफ्नो प्रतिशोधलाई अझ उग्र बनाएको छ। आज इरानले इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ। इरानले इजरायलको एउटा ठुलो अस्पताललाई पनि सिधै निशाना बनाएको छ।

    इरानको आक्रमणपछि इजरायलले ठुलो क्षति बेहोरेको छ। इरानले इजरायलको दक्षिणमा रहेको सोरोका मेडिकल सेन्टरमा आक्रमण गरेको छ। जुन इजरायलको दक्षिणमा रहेको ठुलो अस्पताल हो।

    बियर शेबास्थित सोरोका मेडिकल सेन्टरका प्रवक्ताले अस्पतालका विभिन्न क्षेत्रमा पर्याप्त क्षति भएको र आक्रमणमा मानिसहरू घाइते भएको बताए। अस्पतालले मानिसलाई उपचारका लागि नआउन आग्रह गरेको छ।

    अस्पतालको वेबसाइटका अनुसार अस्पतालमा एक हजारभन्दा बढी शय्या छन्। यसले इजरायलको दक्षिणका करिब १० लाख बासिन्दालाई सेवा दिन्छ। आक्रमण पछिको विस्तृत जानकारी जारी गरिएको छैन। यद्यपि, अग्नि नियन्त्रकले मेडिकल भवन र केही अपार्टमेन्ट भवनमा आक्रमण गरिएको बताए। कोही घाइते भए वा भएनन् भन्ने बारे तत्काल कुनै जानकारी छैन।

    इजरायलले इरानको अराक हेभी वाटर रियाक्टरमा आक्रमण गर्दा यो प्रति आक्रमण भएको इरानी सरकारी टेलिभिजनले बिहीबार जनाएको छ। इजरायलले बिहीबार बिहानै आक्रमण गर्ने चेतावनी दिएको थियो र मानिसहरूलाई भाग्न भनिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend