काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएको छ। साताभर बढ्ने संकेत देखाएको सेयर बजार साताको अन्तिम कारोबार दिन भारी गिरावट हुँदै बन्द भएको हो।
बिहीबार सेयर बजार २४ अंकले गिरावट आएको हो। यसअघि बुधबार १ अंकले गिरावट हुँदै सेयर बजार बन्द भएको थियो।
यस्तै, आज कारोबार रकम भने दुई अर्बले बढेको छ। बुधबार झण्डै ९ अर्ब कारोबार भएको सेयर बजारमा आज ११ अर्ब २३ करोड बराबरको कारोबार भएको हो।
कारोबार भएकामध्ये बिहीबार ४७ कम्पनीको मात्रै सेयर मूल्य बढेको हो। बाँकी २०१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
यस्तै, आज तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। जसमा पुरे इनर्जी लिमिटेड, रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड रहेका छन्।

