२०८३, आश्विन २१ गते

images

हलगोरु पाल्ने २२४ किसानलाई फेदीखोलाको सम्मान

हलगोरु पाल्ने २२४ किसानलाई फेदीखोलाको सम्मान

बिहिवार, आषाढ ५ २०८२०५:५४
बिहिवार, आषाढ ५ २०८२०५:५४
  • images

    काठमाडौँ । स्याङजाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई सम्मान गरेको छ । पालिकाले आर्थिक वर्ष २०८१/८२ को कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत हलगोरु पाल्ने कृषक हरुलाई ७५% प्रोत्साहन अनुदान वितरण गरेको हो । 

    आधुनिक यन्त्रहरु को प्रयोग बढेपनि कृषकहरु घट्दै गइरहेको र खेती योग्य भूमि बाझो छोड्ने प्रवृत्ति बढिरहेको कृषकमा नैराश्यता बढ्दै गइरहेको अवस्थामा जैविक विविधता वातावरणीय प्रभावमा  पनि महत्वपूर्ण टेवा पुर्याउने गोरु पालन कृषकहरुलाई सम्मान गरिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । 

    उनका अनुसार किसानलाई प्रोत्साहन स्वरुप नगद समेत वितरण गरिएको हो । उनले गाउँपालिका सरकार कृषकको साथमा रहेको भन्दै कृषकलाई प्रोत्साहन हुने गरी हरेक कार्यक्रम ल्याउने बताए । 

    उनले कृषकको उत्पादन प्रक्रियादेखि बजारीकरणसम्म स्थानिय सरकार साथमा रहेको उत्पादनमा आधारित अनुदान, बाझो जमीन उपयोग प्रोत्साहन, न्यूनतम समर्थन मूल्य निर्धारण, कृषि एम्बुलेन्स जस्ता प्रत्यक्ष किसानले लाभ महसुस गर्ने कार्यक्रम निरन्तर रहिरहने र गोरु पालक कृषकलाई सम्मान व्यक्त गर्नका लागि अनुदान वितरण गरिएको, काम गर्ने कृषक को साथमा पालिका सरकार रहने भन्दै नैराश्य नभई निरन्तर कर्ममा लाग्न आग्रह गरे । 

    एक हल गोरु बराबर १० हजार रुपैयाँका दरले २२४ कृषकका २८९ गोरुलाई रु १४ लाख ४५ हजार रुपैयाँ अनुदान वितरण गरिएको पालिकाले जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend