२०८३, आश्विन २० गते

images

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठको रिट खारेज, प्रकाशित समाचार हटाउन नपर्ने

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठको रिट खारेज, प्रकाशित समाचार हटाउन नपर्ने

बिहिवार, आषाढ ५ २०८२१०:११
बिहिवार, आषाढ ५ २०८२१०:११
  • images


    काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमाण्डूविरुद्ध दायर गरेको निषेधाज्ञा रिट खारेज भएको छ। बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्यामविहारी मौर्यको इजलासले उक्त रिट खारेज गरिदिएको हो।

    श्रेष्ठले बिचौलियामार्फत घुस मागेको दाबीसहित नेपालखबर र बिजमाण्डूमा समाचार प्रकाशित भएपछि श्रेष्ठले २६ जेठमा रिट दर्ता गरेका थिए। न्यायाधीश पीताम्बर शर्माको इजलासले समाचार हटाउन र थप नलेख्न अल्पकालीन अन्तरिम आदेश दिँदै छलफलका लागि बोलाएको थियो। बिहीबार न्यायाधीश मौर्यको इजलासले उक्त रिट खारेज गरिदिएको हो।

    रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डूले श्रेष्ठका विषयमा प्रकाशित समाचार सामग्रीहरू हटाउने आदेश पनि स्वत: खारेज भएकाे हाे।

    diil.jpg
    undefined
    Dilll.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend