२०८३, आश्विन २० गते

images
  • विश्व
  • अमेरिकाले इरानमाथि खतरनाक ‘बंकर बस्टर’ बम...

अमेरिकाले इरानमाथि खतरनाक ‘बंकर बस्टर’ बम आक्रमण, आणविक स्थलहरू ध्वस्त

अमेरिकाले इरानमाथि खतरनाक ‘बंकर बस्टर’ बम आक्रमण, आणविक स्थलहरू ध्वस्त

आइतवार, आषाढ ८ २०८२१०:१७
आइतवार, आषाढ ८ २०८२१०:१७
  • images

    काठमाडौँ । अमेरिकाले शनिबार रातिदेखि इरानमाथि सैन्य आक्रमण सुरु गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक केन्द्रहरू फोर्डो, नातान्ज र इस्फहानमाथि आक्रमण सम्पन्न भएको घोषणा गरेका छन्।

    ट्रम्पका अनुसार, उक्त आक्रमणमा अमेरिकाले ‘जीबीयू-५७ म्यासिभ अर्डनेन्स पेनिट्रेटर’ (MOP) प्रयोग गरेको अनुमान गरिएको छ। यो विश्वकै सबैभन्दा शक्तिशाली गैर-आणविक ‘बंकर बस्टर’ बम हो, जसले जमिनको गहिरो सुरुङ र बंकरलाई लक्षित गरी आक्रमण गर्न सक्छ।

    यो बम मिसौरीस्थित ह्वाइटम्यान एयर बेसबाट उडाइएको ‘बी-२ स्पिरिट स्टिल्थ बमवर्षक’ विमानमार्फत खसालिएको अमेरिकी सैन्य स्रोतहरूले जनाएका छन्। अमेरिकी रक्षा अधिकारीहरूका अनुसार, जीबीयू-५७ बम ६ मिटर लामो र १३ हजार ६०० किलोग्राम तौलको हुन्छ, जसले सतहबाट ६१ मिटर गहिरो भित्रै विस्फोट हुन सक्छ।

    इरानले पनि आक्रमणको पुष्टि गरेको छ। सरकारी सञ्चारमाध्यमहरू अनुसार, हालसम्म ६५७ जनाको मृत्यु भइसकेको छ भने २००० भन्दा बढी घाइते छन्। आक्रमणपछिको अवस्थाबारे उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ।

    संयुक्त राष्ट्रसंघले इरानमाथि भएको अमेरिकी आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय शान्तिका लागि तत्काल कूटनीतिक पहल आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ।

    यो आक्रमण इजरायल–इरान युद्धको निरन्तरतामा आएको हो। जुन १३ मा इजरायलले इरानमाथि प्रारम्भिक आक्रमण गरेपछि दुई देशबीच सशस्त्र द्वन्द्व चर्किएको थियो। पछिल्लो अमेरिकी हस्तक्षेपले अब स्थिति थप जटिल बनेको विश्लेषकहरूको ठम्याइ छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend