२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • बैंकिङ कसुरको आरोमा प्रदेश सांसद रायमाझीविरुद्ध...

बैंकिङ कसुरको आरोमा प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी

बैंकिङ कसुरको आरोमा प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी

आइतवार, आषाढ ८ २०८२०४:२९
आइतवार, आषाढ ८ २०८२०४:२९
  • images

    काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध जिल्ला अदालत पर्साबाट बैंकिङ कसुरसम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भएको छ। जेठ १६ गते जारी पुर्जीपछि उनी फरार रहेको प्रहरीले जनाएको छ।

    पर्सा जिल्ला निवासी सोही पार्टीकी नेतृ आशा कुमारी चौहानले रायमाझीले साढे पाँच लाख रुपैयाँ सापटी लिएर फिर्ता नगरेको र दिएको चेक बाउन्स भएको भन्दै उजुरी गरेकी हुन् । रायमाझीले दिएको चेक बाउन्स भएपछि आशाले आधा रकमको लागि चेक अनादर र बाँकीका लागि बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गरेकी हुन्।


    पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई रायमाझीलाई पक्राउ गरी बुझाइदिन पत्राचार गरेको छ। आशाका अनुसार पार्टीको कार्यक्रममा पर्सा आएकी रायमाझी केही दिन उनको घरमा बसेकी थिइन् र होटल खर्च तथा लत्ता कपडासमेत उधारोमा लिएकी थिइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend