२०८३, आश्विन २० गते

images
  • विश्व
  • ब्रिक्सद्वारा इरानमाथिको सैन्य आक्रमणको विरोध, अन्तर्राष्ट्रिय...

ब्रिक्सद्वारा इरानमाथिको सैन्य आक्रमणको विरोध, अन्तर्राष्ट्रिय कानुन उल्लंघन भएको भन्दै गम्भीर चिन्ता

ब्रिक्सद्वारा इरानमाथिको सैन्य आक्रमणको विरोध, अन्तर्राष्ट्रिय कानुन उल्लंघन भएको भन्दै गम्भीर चिन्ता

सीएनएन खबर
बिहिवार, आषाढ १२ २०८२१०:४७
सीएनएन खबर
बिहिवार, आषाढ १२ २०८२१०:४७
  • images

    काठमाडौं । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालगायत अन्य देश सम्मिलित ब्रिक्स समूहले इरानविरुद्ध सैन्य आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ।

    यस विषयमा ब्रिक्सले संयुक्त विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, 'हामी जुन १३ मा भएको इरानविरुद्धको सैन्य आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौँ। यो आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लंघन हो।'

    ब्रिक्सले सबै पक्षलाई विद्यमान मतभेद वार्ता र कूटनीतिमार्फत शान्तिपूर्ण माध्यमबाट समाधान गर्न अपिल पनि गरेको छ। ब्रिक्सको यो विज्ञप्ति हालै भारतले सांघाई सहयोग संगठन (एससीओ) ले इरानविरुद्ध भएको आक्रमणको आलोचना गरी जारी गरेको वक्तव्यबाट आफूलाई अलग राखेको थियो। 

    तर अहिले भारतले ब्रिक्सको त्यस्तै प्रकृतिको वक्तव्यमा आफूलाई सामेल गरेको छ। अमेरिका र इजरायलले इरानको आणविक प्रतिष्ठानहरूमा आक्रमण गरेका थिए। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर बनेको यो समूहलाई ब्रिक्स भनिन्थ्यो, तर अहिले यो विस्तार भएको छ। 

    ब्रिक्समा हाल साउदी अरेबिया, इजिप्ट, इथियोपिया, इरान, संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि समेटिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend