२०८३, आश्विन २० गते

images
  • विश्व
  • राष्ट्रपति भुचिकको शासन अन्त्य माग गर्दै...

राष्ट्रपति भुचिकको शासन अन्त्य माग गर्दै सर्बियामा विद्यार्थी आन्दोलन, प्रहरीसँग भयो झडप

राष्ट्रपति भुचिकको शासन अन्त्य माग गर्दै सर्बियामा विद्यार्थी आन्दोलन, प्रहरीसँग भयो झडप

सीएनएन खबर
आइतवार, आषाढ १५ २०८२१०:३४
सीएनएन खबर
आइतवार, आषाढ १५ २०८२१०:३४
  • images

    काठमाडौं । सर्बियाको राजधानी बेलग्रेडमा गार्ड र प्रदर्शनकारीहरूबीच झडप भएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति अलेक्जेन्डर भुचिकको १२ वर्षे शासनको अन्त्य र समयपूर्व चुनावको माग गरिरहेका छन्।

    लगभग १ लाख ४० हजार मानिसले र्‍याली निकालेका हुन्। जुन पछिल्ला केही महिनाकै सबैभन्दा ठूलो र्‍याली भएको बीबीसीले उल्लेख गरेको छ। विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शनमा सहभागीहरूले ‘हामी चुनाव चाहन्छौँ’ भन्ने नारा लगाएका छन्।

    प्रदर्शनका क्रममा प्रहरीले धेरै जनालाई पक्राउ गरेको छ। भिडलाई तितरबितर पार्न अश्रुग्यास पनि प्रयोग गरिएको थियो। राष्ट्रपति भुचिकले भने प्रदर्शनकारीहरूलाई देशलाई अस्थिर बनाउने विदेशी षड्यन्त्रको हिस्सा भएको आरोप लगाएका छन्।

    सर्बिया दक्षिणपूर्वी युरोपमा बाल्कन प्रायद्वीपको मध्य भागमा रहेको भूपरिवेष्टित देश हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend