२०८३, आश्विन २० गते

images
  • विश्व
  • वार्ता फेरि थाल्ने हो भने अमेरिकाले...

वार्ता फेरि थाल्ने हो भने अमेरिकाले अब आक्रमण नहुने ग्यारेन्टी गर्नुपर्छ : उपविदेशमन्त्री मजिद तख्त-रवान्ची

वार्ता फेरि थाल्ने हो भने अमेरिकाले अब आक्रमण नहुने ग्यारेन्टी गर्नुपर्छ : उपविदेशमन्त्री मजिद तख्त-रवान्ची

सीएनएन खबर
सोमवार, आषाढ १६ २०८२१२:०१
सीएनएन खबर
सोमवार, आषाढ १६ २०८२१२:०१
  • images

    काठमाडौँ । इरानका उपविदेशमन्त्री मजिद तख्त-रवान्चीले अमेरिका वार्ता पुनः सुरु गर्न चाहन्छ भने उसले थप आक्रमण नहुने ग्यारेन्टी गर्नुपर्ने बताएका छन्। बीबीसीका अनुसार मजिद तख्त-रवान्चीले ट्रम्प प्रशासनले मध्यस्थकर्ताहरूमार्फत इरानलाई वार्तामा फर्कन चाहेको बताएको दाबी गरेका छन्। 

    तर वार्ताका क्रममा थप आक्रमण नगर्ने महत्त्वपूर्ण सवालमा अमेरिकाले अझै आफ्नो अडान स्पष्ट नपारेको उनले बताएका छन्।इजरायलले इरानविरुद्ध जुन १३ मा सैन्य हमला थालेपछि मस्कटमा हुने भनिएको अप्रत्यक्ष वार्ताको छैटौँ चरण रोकिएको थियो। 

    गत हप्ता इरानका तीन आणविक स्थलमा बम विस्फोट गराउँदै अमेरिका पनि इजरायल र इरानबीच जारी युद्धमा प्रत्यक्ष रूपमा संलग्न भयो।

    इरानका उपविदेशमन्त्री तख्त-रवान्चीले आफ्नो देशले युरेनियम संवर्धनमा 'जोड दिइरहने' पनि बताएका छन्। उनले आणविक बम बनाउने तयारी गरेको आरोप भने अस्वीकार गरेका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend