२०८३, आश्विन २० गते

images
  • विश्व
  • ट्रम्पको दाबी- इजरायल गाजामा ६० दिन...

ट्रम्पको दाबी- इजरायल गाजामा ६० दिन युद्धविराम गर्न सहमत भयो

ट्रम्पको दाबी- इजरायल गाजामा ६० दिन युद्धविराम गर्न सहमत भयो

सीएनएन खबर
बुधवार, आषाढ १८ २०८२१०:४४
सीएनएन खबर
बुधवार, आषाढ १८ २०८२१०:४४
  • images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामलाई अन्तिम रूप दिन आवश्यक सर्तमा सहमति जनाएको बताएका छन्।

    ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हामी युद्ध अन्त्य गर्न सबै पक्षसँग मिलेर काम गर्नेछौँ।’ यद्यपि उनले सर्तका विषयमा कुनै विवरण दिएका छैनन्।

    ट्रम्पले अगाडि लेखेका छन्, ‘कतार र इजिप्टले शान्ति स्थापना गर्न धेरै कडा परिश्रम गरेका छन् र उनीहरूले यो अन्तिम प्रस्ताव प्रस्तुत गर्नेछन्। मलाई आशा छ- हमासले यो सम्झौता स्वीकार गर्नेछ। किनभने यसले स्थितिलाई राम्रो बनाउँदैन, झनै खराब बनाउनेछ।’

    सुरुमा २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो। जमास १,२०० जना मारिए। त्यसपछि इजरायलले गाजामा सैन्य हमला गरिरहेको छ। हमासको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलको आक्रमणबाट अहिलेसम्म गाजामा कम्तीमा ५६ हजार ६४७ जनाको मृत्यु भइसकेको छ। 

    ट्रम्पले युद्धविरामबारे उक्त घोषणा अर्को हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग भेट गर्नुअघि गरेका हुन्। ट्रम्पले मंगलबार नेतन्याहु पनि गाजामा शत्रुता अन्त्य गर्न चाहने बताएका थिए। 

    ट्रम्पले यो पनि भनेका छन्, ‘मलाई लाग्छ-हामी अर्को हप्ता सम्झौता गर्नेछौँ।’ बीबीसीका अनुसार गत हप्ता हमासका एक वरिष्ठ अधिकारीले मध्यस्थकर्ताहरूले गाजामा नयाँ युद्धविराम गर्न र बन्धक रिहा गर्न प्रयास तीव्र पारेको बताएका थिए। तर इजरायलसँगको वार्ता अझै अवरुद्ध छ। 

    गाजामा अहिले लगभग ५० जना इजरायली बन्धक छन्, जसमध्ये २० जना मात्र जीवित रहेको अनुमान छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend