२०८३, आश्विन २३ गते

images
  • समाचार
  • पूर्वपश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा,...

पूर्वपश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा, यातायात सहज

पूर्वपश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा, यातायात सहज

बिहिवार, आषाढ १९ २०८२१२:२१
बिहिवार, आषाढ १९ २०८२१२:२१
  • images

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएको छ । पुल नहुँदा सडक अवरुद्ध भइरहने विनयी खोलामा आजदेखि नयाँ पुल सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

    योसँगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता भएको छ । यसअघि पुल नहुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परिरहेको थियो ।

    पुल भत्किएको ठाउँमा डाइभर्सन बनाइएको भए पनि बाढीले बगाउने गरेकोले आवतजावतमा समस्या पर्ने गरेको थियो । डाइभर्सन बिग्रिएपछि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउने गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend