२०८३, आश्विन २३ गते

images
  • समाचार
  • चाइना इस्टर्नको विमान काठमाडौंमा ८ फन्का...

चाइना इस्टर्नको विमान काठमाडौंमा ८ फन्का लगाएर ढाका डाइभर्ट

चाइना इस्टर्नको विमान काठमाडौंमा ८ फन्का लगाएर ढाका डाइभर्ट

शुक्रवार, आषाढ २० २०८२०५:००
शुक्रवार, आषाढ २० २०८२०५:००
  • images

    काठमाडौं । चीनको कुनमिङबाट काठमाडौं आउँदै गरेको चाइना इस्टर्न एयरलाइन्सको विमान शुक्रबार अपराह्न करिब ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न खोज्दा खराब मौसमका कारण सफल हुन सकेन। विमान काठमाडौंको आकाशमा करिब आठ पटक फन्का लगाएर अन्ततः बङ्गलादेशको राजधानी ढाका डाइभर्ट गरिएको हो।

    विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले केही समय विमानस्थलमा आवश्यक भिजिबिलिटी नपुगेको पुष्टि गरे। “जहाज ल्यान्ड हुने बेलामा दृश्यता पर्याप्त थिएन, त्यसैले ढाकातिर डाइभर्ट गरिएको हो,” उनले जानकारी दिए।

    उनका अनुसार त्यसबेला मौसम प्रतिकूल भए पनि पछिल्लो समय सुधार आएकोले अन्य उडानहरूमा ल्यान्डिङको समस्या नरहेको छ। विमानस्थलले मौसमका कारण यात्रुहरूको असहजतालाई ध्यानमा राख्दै उडान सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर निर्णय गरिएको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend