२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • नागरिक उन्मुक्ति पार्टीले फिर्ता लियो सुदूरपश्चिम...

नागरिक उन्मुक्ति पार्टीले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

नागरिक उन्मुक्ति पार्टीले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

सीएनएन खबर
शुक्रवार, आषाढ २० २०८२०५:२२
सीएनएन खबर
शुक्रवार, आषाढ २० २०८२०५:२२
  • images

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । 

    पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्नुभएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदमुक्त गरेपछि धनगढीमा आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । 

    मुख्यमन्त्री शाहले मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदमुक्त गरेको थियो । बैठकपछि संसदीय दलका नेता घनश्याम चौधरीले पार्टीको केन्द्रबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा आएको पत्रको आधारमा समर्थन फिर्ता लिने निर्णय गरिएको जानकारी दिए । प्रदेशसभामा चौथौ ठूलो दल नाउपाका सात प्रदेशसभा सदस्य छन् । 

    सो पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेपनि शाह नेतृत्वको सरकारको पक्षमा बहुमत कायम छ । मुख्यमन्त्रीले मन्त्री चौधरीलाई यही असार पहिलो हप्तामा पदबाट राजीनामा दिन निर्देशन दिएपनि उनले राजीनामा दिएका थिएनन् ।

    सरकारको आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने सवालमा गरिएको आग्रहलाई वेवास्ता गरिएपछि मन्त्री चौधरी पदमुक्त भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    त्रिपन्न सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका १८ र नेकपा ९एमाले०का ११ जना प्रदेशसभा सदस्य छन् ।  प्रमुख विपक्षी नेकपा ९माओवादी केन्द्र्र०सँग ११, नेकपा ९एकीकृत समाजवादी०सँग चार ९एक निलम्बित०, एक राप्रपा र एक स्वतन्त्र सदस्य छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend