२०८३, आश्विन २० गते

images
  • विश्व
  • टेक्सासमा भीषण बाढी: २५ जनाको मृत्यु,...

टेक्सासमा भीषण बाढी: २५ जनाको मृत्यु, २३ बालिका सम्पर्कविहीन

टेक्सासमा भीषण बाढी: २५ जनाको मृत्यु, २३ बालिका सम्पर्कविहीन

शनिवार, आषाढ २१ २०८२०७:४६
शनिवार, आषाढ २१ २०८२०७:४६
  • images

    एजेन्सी । टेक्सास राज्यको ग्वाडालुपे नदी किनारमा शुक्रबार बिहान आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। स्थानीय अधिकारीहरूका अनुसार हालसम्म बाढीका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ भने अझै धेरै मानिसहरू बेपत्ता छन्।

    बाढीले सर्वाधिक क्षति गरेको क्षेत्र ग्वाडालुपे नदीको किनारमा अवस्थित एक ग्रीष्मकालीन बाल शिविर हो, जहाँ करिब ७५० बालिकाहरू सहभागी थिए। तीमध्ये २३ बालिका अझै सम्पर्कविहीन अवस्थामा छन्। शिविरको सञ्चालकले पठाएको सन्देशअनुसार बाढीले शिविर क्षेत्रको पानी, विद्युत् र सञ्चार प्रणाली पूर्णरूपमा ध्वस्त बनाएको छ।

    केर जिल्लाका शेरिफ ल्यारी लाइथाले पत्रकार सम्मेलनमा बताएअनुसार अझै हराइरहेका व्यक्तिहरूको खोजी जारी रहेको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। टेक्सासका उपराज्य प्रमुख ड्यान प्याट्रिकले मृतकमध्ये केही बालबालिका पनि रहेको पुष्टि गरेका छन्। उनका अनुसार ग्वाडालुपे नदीको सतह एकैचोटि करिब ८ मिटर (२६ फिट) ले बढेपछि शिविर क्षेत्रमा भीषण असर परेको हो।

    बाढी प्रभावित क्षेत्रमा सयौँ उद्धारकर्मी, सुरक्षाकर्मी तथा दर्जनौँ हेलिकप्टर र ड्रोनमार्फत उद्धार कार्य भइरहेको छ। उद्धार टोलीहरू दिनरात खटिएको प्रशासनले जनाएको छ। नागरिकहरूलाई प्रभावित क्षेत्रमा नजान र सावधानी अपनाउन समेत आग्रह गरिएको छ, किनभने धेरै सडकहरू पानीमा डुबेका वा पूर्णरूपमा अवरुद्ध छन्।

    जलवायु विज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा मानवजनित जलवायु परिवर्तनका असर स्वरूप यस्तो अत्यधिक वर्षा, बाढी, खडेरी, आँधी र तापलहरीहरू झनझन तीव्र र बारम्बार देखिन थालेका छन्। टेक्सासको यो घटना पनि त्यही दुष्चक्रको चिन्ताजनक उदाहरण हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend