२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • नागरिक उन्मुक्ति पार्टीको निर्णय: संघ र...

नागरिक उन्मुक्ति पार्टीको निर्णय: संघ र प्रदेश सरकारबाट बाहिरिँदै, अब प्रतिपक्षमा बस्ने

नागरिक उन्मुक्ति पार्टीको निर्णय: संघ र प्रदेश सरकारबाट बाहिरिँदै, अब प्रतिपक्षमा बस्ने

शनिवार, आषाढ २१ २०८२०८:३२
शनिवार, आषाढ २१ २०८२०८:३२
  • images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संघीय तथा सुदूरपश्चिम प्रदेश सरकार दुवैबाट बाहिरिने निर्णय गर्दै अब प्रतिपक्षमा बस्ने घोषणा गरेको छ। शनिबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए।

    उनका अनुसार पार्टीका तर्फबाट संघीय सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका अरुणकुमार चौधरीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

    पार्टीको यो निर्णय सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले बर्खास्त गरेपछि आएको हो। मन्त्री बर्खास्तीलाई आपत्तिजनक ठहर गर्दै नाउपाले संघीय सरकारको साथ पनि त्याग्ने निर्णय लिएको हो।

    यसअघि नाउपाले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। पछिल्लो निर्णयअनुसार अब नाउपा औपचारिक रूपमा संघ र प्रदेश दुवै तहमा प्रतिपक्षमा बस्नेछ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend