२०८३, आश्विन २० गते

images
  • विश्व
  • ट्रम्पलाई टक्कर दिन एलोन मस्कले खोले...

ट्रम्पलाई टक्कर दिन एलोन मस्कले खोले ‘अमेरिका पार्टी’

ट्रम्पलाई टक्कर दिन एलोन मस्कले खोले ‘अमेरिका पार्टी’

आइतवार, आषाढ २२ २०८२१०:४३
आइतवार, आषाढ २२ २०८२१०:४३
  • images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध बिग्रिएको केही हप्तापछि अर्बपति एलोन मस्कले नयाँ राजनीतिक दल  खोलेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले ‘अमेरिका पार्टी’ स्थापना गरेको घोषणा गरेका हुन्।  यसले अमेरिकाको द्विदलीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौती दिनेछ।

    यद्यपि,यो पार्टी औपचारिकरूपमा अमेरिकी निर्वाचन प्राधिकरणमा दर्ता भएको छ कि छैन भन्ने कुरा अझै स्पष्ट छैन। मस्कले पार्टीको रूप कस्तो हुनेछ र पार्टीको नेतृत्व कसले गर्नेछ भन्ने बारेमा पनि कुनै जानकारी दिएका छैनन्।

    ट्रम्पसँगको सार्वजनिक विवादपछि मस्कले पार्टी खोल्ने मनस्थिति बनाएका थिए। शनिबारसम्म,संघीय निर्वाचन आयोगले कुनै पनि दल औपचारिक रूपमा दर्ता भएको संकेत गर्ने कुनै पनि जानकारी प्रकाशित गरेको छैन।

    २०२४ को चुनावमा एलोन मस्क ट्रम्पका प्रमुख समर्थक थिए र उनको जित सुनिश्चित गर्न २५ करोड डलर दान गरेका थिए।  ट्रम्पले मस्कलाई सरकारी दक्षता विभाग (म्इन्भ्) अर्थात् खर्च न्यूनीकरण विभागको प्रमुखको रूपमा नियुक्त गरेका थिए।  यसको काम बजेटमा कटौती पहिचान गर्नु थियो।

    ट्रम्प प्रशासन छोडेपछि उनीहरूबीच विवाद सुरू भएको थियो। मस्कले ट्रम्पको कर र खर्च योजनाको सार्वजनिक रूपमा आलोचना गरेका थिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend