२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन...

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन लियो फिर्ता

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन लियो फिर्ता

आइतवार, आषाढ २२ २०८२०३:०४
आइतवार, आषाढ २२ २०८२०३:०४
  • images


    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। शनिबार बसेको पार्टी बैठकले सरकारलाई दिएको समर्थन तत्काल प्रभावबाट फिर्ता लिने निर्णय गरेको हो।

    पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले संघीय संसदका सभामुख देवराज घिमिरेलाई भेटेर औपचारिक रूपमा समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन्।

    नाउपाको समर्थन फिर्तासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि सरकारबाट बाहिरिने भएका छन्।

    अब प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने

    नाउपाको समर्थन फिर्तापछि सरकारको बहुमतको आधार कमजोर बनेको छ। संविधानको धारा १०० अनुसार अब प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनु पर्ने संवैधानिक बाध्यता रहेको छ।

    यस घटनाले राजनीतिक समिकरणमा नयाँ तरंग ल्याएको छ। नाउपाको समर्थन फिर्तालाई आगामी दिनमा सरकारको स्थायित्व र नीतिगत निरन्तरतामा नयाँ चुनौती का रूपमा हेरिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend