२०८३, आश्विन २१ गते

images

नेप्से सामान्य उकालो

नेप्से सामान्य उकालो

आइतवार, आषाढ २२ २०८२०३:४१
आइतवार, आषाढ २२ २०८२०३:४१
  • images

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार सामान्य उकालो लागेको छ। नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा पुगेको छ।

    आज विकास बैंक, होटल, जलविद्युत्, बीमा र माइक्रोफाइनान्स बाहेक सबै समूहका शेयर बढेका छन्। अन्य समूह ३ प्रतिशतभन्दा धेरै र फाइनान्स समूह झन्डै २.५ प्रतिशतले उकालो लागेको छ।

    नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। भने गुडविल फाइनान्सको डिबेन्चर र ग्रीन विकास बैंकको शेयर साढे ८ प्रतिशतभन्दा धेरैले घटेका छन्।

    नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने केही घटेको छ। आज ३१८ कम्पनीका २ करोड ७१ लाख कित्ता शेयर किनबेच भई कुल कारोबार ९ अर्ब ५० करोड रुपैयाँको भएको छ, जुन बिहीवारको ९ अर्ब ६४ करोड रुपैयाँभन्दा कम हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend