२०८३, आश्विन २१ गते

images

नेप्सेमा दोहोरो अंकको गिरावट, ८ अर्बभन्दा बढीको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, ८ अर्बभन्दा बढीको कारोबार

सोमवार, आषाढ २३ २०८२०३:१३
सोमवार, आषाढ २३ २०८२०३:१३
  • images

    काठमाडौं । साताको पहिलो दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.६० अंकले घटेर २,६८४.०० विन्दुमा पुगेको छ।

    बजार ओरालो लागेपछि २०९ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने ३९ कम्पनीको शेयर मूल्यमा मात्र वृद्धि भएको छ। बाँकी कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

    आजको कारोबार अवधिभर ३११ कम्पनीको १ करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर खरिदबिक्री भएका छन्। सो अवधिमा कुल कारोबार ८ अर्ब ३७ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

    लगातार केही दिनयता बजारमा देखिएको उतारचढावको क्रम सोमबार पनि कायम रहँदा लगानीकर्तामा पुनः सतर्कता देखिएको छ। विश्लेषकहरूका अनुसार मौद्रिक नीतिको पर्खाइ, आर्थिक अनिश्चितता र मुनाफा सुरक्षित गर्ने प्रवृत्तिले बजारमा दबाब पर्न थालेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend