२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • सरकारद्वारा भन्सार नियमावली संशोधन: एक्जिम कोडका...

सरकारद्वारा भन्सार नियमावली संशोधन: एक्जिम कोडका लागि राखिएको तीन लाख रुपैयाँ धरौटी हटाइयो

सरकारद्वारा भन्सार नियमावली संशोधन: एक्जिम कोडका लागि राखिएको तीन लाख रुपैयाँ धरौटी हटाइयो

सोमवार, आषाढ २३ २०८२०६:२०
सोमवार, आषाढ २३ २०८२०६:२०
  • images

    काठमाडौं । सरकारको नयाँ निर्णयअनुसार अब आयात–निर्यात (एक्जिम) कोड लिन जमानत स्वरूप राखिनुपर्ने तीन लाख रुपैयाँ धरौटी अनिवार्य नहुने भएको छ।
    भन्सार नियमावलीको सोह्रौं संशोधन गर्दै सरकारले सो धरौटी हटाउने निर्णय गरेको हो। यससँगै पहिले नै जमानत बुझाएका व्यापारीहरूको बैंक जमानत पनि फुकुवा हुने भएको छ।

    भन्सार विभागले हालै वाणिज्य बैंकहरूलाई पत्र पठाउँदै तीन लाख रुपैयाँ बराबरको जमानत फुकुवा गर्न निर्देशन दिएको छ। साथै, सो निर्णय कार्यान्वयनमा सहजीकरणका लागि राष्ट्र बैंकलाई समेत पत्राचार गरिएको विभागले जनाएको छ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत धरौटी हटाउने घोषणा गरेका थिए। सोहीअनुसार नियमावली संशोधन गरिएको हो।

    हालसम्म देशभर १५ हजारभन्दा बढी एक्जिम कोड जारी भइसकेका छन्। अन्तर्राष्ट्रिय व्यापारका लागि अनिवार्य मानिने एक्जिम कोड बिना आयात–निर्यात सम्भव हुँदैन।

    भन्सार विभागका अनुसार नेपालले हाल १६१ देशसँग व्यापार गर्दै आएको छ। अफगानिस्तानसँग सबैभन्दा धेरै व्यापार नाफा कमाइएको छ भने भारतसँग सबैभन्दा बढी व्यापार घाटा रहेको छ।

    चालु आर्थिक वर्षको ११ महिनासम्म अफगानिस्तानबाट ४ करोड २५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ७४ करोड १८ लाख रुपैयाँको वस्तु निर्यात भएको छ।

    नेपालले डेनमार्क, रसिया, लाओस, आइसल्याण्ड, क्रोएसिया, यमन, माल्टा लगायतका ३७ देशसँग पनि व्यापार नाफा गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend