२०८३, आश्विन २१ गते

images

गण्डकी प्रदेशका लेखा अधिकृत पौडेलविरुद्ध ६ करोडभन्दा बढी रकम अवैध आर्जनको आरोपमा मुद्दा

गण्डकी प्रदेशका लेखा अधिकृत पौडेलविरुद्ध ६ करोडभन्दा बढी रकम अवैध आर्जनको आरोपमा मुद्दा

बुधवार, आषाढ २५ २०८२०९:१२
बुधवार, आषाढ २५ २०८२०९:१२
  • images

    काठमाडौं । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध ६ करोडभन्दा बढी रकम गैरकानूनी रूपमा आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलमाथि भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीका लागि मुद्दा अघि बढाएको हो। आयोगका अनुसार, पौडेलले २०५४ सालदेखि २०८० सालसम्म वैधानिक रूपमा ३ करोड ३९ लाख ८७ हजार ४९० रुपैयाँ मात्र आम्दानी गरेको देखिए पनि उनले ९ करोड ६६ लाख ८० हजार ६२० रुपैयाँभन्दा बढी खर्च तथा लगानी गरेको पाइएको छ। जसको आधारमा ६ करोड २६ लाखभन्दा बढी रकम स्रोत खुलाउन नसकिनेगरी आर्जन गरेको दाबी गरिएको छ।

    पौडेलले आम्दानी स्रोतबिनाको सम्पत्ति विभिन्न शीर्षकमा खर्च गरेको, जस्तै घरजग्गा खरिद, सवारी साधन, शेयर खरिद, बहुमूल्य धातु किनमेल, ऋण सापटी र शैक्षिक खर्चका साथै बैंक तथा सहकारी संस्थामा रहेको रकम देखाउन नसकेको आयोगले जनाएको छ।

    त्यसैगरी, केही सम्पत्ति उनको पत्नी हुमा कुमारी उपाध्यायको नाममा रहेको पुष्टि भएसँगै उनलाई समेत प्रतिवादी बनाइएको छ। अख्तियारले मुद्दामा जरिवाना, कैद सजाय र सम्पत्ति जफत गर्नुपर्ने माग राखेको छ।

    आयोगका अनुसार, पौडेलले वार्षिक सम्पत्ति विवरणमा वास्तविक विवरण लुकाएका र झूट्टा विवरण पेश गरेको पनि प्रमाणित भएको छ। अहिले विशेष अदालतमा मुद्दाको सुनुवाइ जारी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend