२०८३, आश्विन २१ गते

images

मौद्रिक नीतिः घर कर्जाको सीमा ३ करोड, सेयरधितो कर्जाको सीमा बढ्यो, व्याजदर करिडोरका सबै दर घटे

मौद्रिक नीतिः घर कर्जाको सीमा ३ करोड, सेयरधितो कर्जाको सीमा बढ्यो, व्याजदर करिडोरका सबै दर घटे

शुक्रवार, आषाढ २७ २०८२०१:२०
शुक्रवार, आषाढ २७ २०८२०१:२०
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितोमा एक व्यक्तिलाई २५ करोड रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ ।

    गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर बजारप्रति उदार देखिएका हुन् । यसअघि १५ करोड रहेको सेयर धितो कर्जाको सीमा १० करोडले बढाएर २५ करोड रुपैयाँ पुर्याइएको हो ।

    सेयर धितो कर्जाको सीमा बढाएर २५ करोड पुर्याएका हुन् । अहिले यस्तो सीमा २० करोड रुपैयाँ रहेको छ । 

    उनले सरकराले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मौद्रिक नीतिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशत र निजी क्षेत्रको कर्जा प्रवाह १२ प्रतिशतले विस्तार हुने अनुमान गरेको बताए ।

    अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात यथावत राखेको मौद्रिक नीतिले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दर ६.५ प्रतिशतबाट घटाएर ६ र नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत बनाएका छन् ।

    यस्तै निक्षेप संकलन दर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा घटाएका छन् । उनले तरलता व्यवस्थापन गर्न आवश्यकता अनुसार नेपाल राष्ट्रबैंकको ऋणपत्र जारी हुने घोषणा गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend