२०८३, आश्विन २० गते

images
  • विश्व
  • बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाकी छोरीमाथि डब्ल्यूएचओको कारबाही,...

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाकी छोरीमाथि डब्ल्यूएचओको कारबाही, ठगी आरोपपछि बिदामा

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाकी छोरीमाथि डब्ल्यूएचओको कारबाही, ठगी आरोपपछि बिदामा

सोमवार, आषाढ ३० २०८२०१:५२
सोमवार, आषाढ ३० २०८२०१:५२
  • images

    काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी तथा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) की दक्षिण-पूर्वी एसिया क्षेत्रीय प्रमुख साइम वाजेदमाथि ठगी, जालसाजी र शक्तिको दुरुपयोगको आरोप लागेपछि उनी ‘बिदामा’ बसेकी छन्।

    डब्ल्यूएचओले जेनेभास्थित मुख्यालयमा कार्यरत सहायक महानिर्देशक क्याथरिना बोहमेलाई वाजेदको स्थानमा कार्यकारी प्रमुख नियुक्त गरेको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले क्षेत्रीय सदस्य राष्ट्रहरूलाई पठाएको इमेलमार्फत वाजेदको अनुपस्थितिबारे जानकारी दिएका थिए।

    सन् २०२३ मा नेपालका उम्मेदवार शम्भु प्रसाद आचार्यलाई पराजित गर्दै वाजेद डब्ल्यूएचओको क्षेत्रीय प्रमुख बनेकी थिइन्। उनी भारतको नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयबाट नेतृत्व गरिरहेकी थिइन्।

    गत वर्ष बंगलादेशमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि हसिना पदच्युत भएकी थिइन्। मार्च २०२५ मा बंगलादेशको भ्रष्टाचार विरोधी आयोगले वाजेदमाथि गम्भीर आपराधिक आरोप लगाउँदै डब्ल्यूएचओलाई पत्रमार्फत उनलाई अदालतमा उपस्थित गराउन आग्रह गरेको थियो। उनी हाल भारतमा रहेको र स्वदेश फर्किएमा पक्राउ पर्न सक्ने बताइएको छ।

    यस घटनाले डब्ल्यूएचओमा नेतृत्वको शुद्धता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ भने बंगलादेशको राजनीतिक संकट अझ चुलिएको देखिन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend