२०८३, आश्विन १९ गते

images

विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्नेमा प्रचण्डको जोड

विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्नेमा प्रचण्डको जोड

सीएनएन खबर
सोमवार, आषाढ ३० २०८२०२:३०
सीएनएन खबर
सोमवार, आषाढ ३० २०८२०२:३०
  • images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका छ्न् ।

    सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालैको बाढीपहिरोका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।

    रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै प्रचण्डले नेपालको हिमाली क्षेत्र जलवायु संकटको विस्फोटक केन्द्रजस्तो बन्दै गएको प्रति चिन्ता व्यक्त गरे ।

    उनले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तर्देशीय सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।

    गतवर्ष राजधानीमै चार घण्टा उद्धार नपाएर नागरिकको मृत्यु भएको घटनालाई स्मरण गर्दै यस वर्ष थप क्षति हुन नदिन सरकारलाई गम्भीर तयारीमा जुट्न आग्रह गरे ।

    ‘विपद् व्यवस्थापन सामूहिक जिम्मेवारी हो,’ प्रचण्डले भने, ‘हाम्रो पार्टी, माओवादी केन्द्र, वाईसीएल र जनवर्गीय संगठनहरू प्रभावित क्षेत्रमा सक्रिय छन् ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend