काठमाडौँ । आइतबारदेखि बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोहि मूल्यमा खरिदबिक्री भएको थियो ।
यता, चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले घटेर प्रतितोला दुई हजार २७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

