२०८३, आश्विन २० गते

images
  • विश्व
  • भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ...

भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

सीएनएन खबर
मंगलवार, आषाढ ३१ २०८२१२:०७
सीएनएन खबर
मंगलवार, आषाढ ३१ २०८२१२:०७
  • images

    काठमाडौँ ।  भारतका विदेशमन्त्री एस. जयशंकरले मंगलबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेटेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जयशंकरले आफैँले यस भेटघाटको बारेमा जानकारी दिएका हुन् ।

    ‘मैले हामी (भारत र चीन)बिचको द्विपक्षीय सम्बन्धमा हालै भइरहेका विकासबारे उहाँ (सी)लाई जानकारी गराएको छु । हामी यस सम्बन्धमा हाम्रा नेताहरूको मार्गदर्शनलाई अत्यन्त महत्त्वपूर्ण ठान्छौँ ।’ पोस्टमा जयशंकरले लेखेका छन् । 

    जयशंकर सांघाई सहयोग सङ्गठन एससीओको सम्मेलनमा भाग लिन चीन पुगेका हुन् । यसअघि सोमबार, जयशंकरले चिनियाँ विदेशमन्त्री वाङ यीलाई पनि भेटेका थिए । 

    भारत र चीन बिचको द्विपक्षीय सम्बन्धसहित सीमा सम्बन्धी मुद्दाहरूको समाधानको बारेमा छलफल भएको बैठकपछि उनले बताए । पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी)मा २०२० मा सैन्य गतिरोध र त्यसपछि दुई देश बिचको सम्बन्धमा तनाव पछि भारतीय विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend