२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छः...

लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छः देउवा

लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छः देउवा

मंगलवार, आषाढ ३१ २०८२१२:५६
मंगलवार, आषाढ ३१ २०८२१२:५६
  • images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न सक्ने वातावरण बनाउनु अत्यावश्यक रहेको बताएका छन्।

    मंगलवार काठमाडौँमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै देउवाले लगानीमैत्री नीतिहरू अवलम्बन गर्न सरकारलाई आग्रह गरे।

    “लगानीका लागि आउने जोसुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाइनुपर्छ। लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै हुँदैन,” देउवाले स्पष्ट पारे।

    उनले उत्पादित विद्युतको खपत र व्यापार गर्ने दायित्व सरकारको भए पनि निजी क्षेत्रको सहभागीता अनिवार्य भएको उल्लेख गरे। “ऊर्जा नेपालको प्राकृतिक सम्पत्ति हो, यसको विकासमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ,” उनले भने।

    जलविद्युत् आयोजनाहरूको आईपीओ निष्कासन रोकिएकोप्रति चिन्ता व्यक्त गर्दै देउवाले धितोपत्र बोर्डले चाँडै शेयर निष्कासन प्रक्रिया अगाडि बढाउने विश्वास व्यक्त गरे। “आईपीओ निष्कासन रोक्नु उचित होइन, यसलाई तत्काल समाधान गर्नुपर्छ,” उनले जोड दिए।

    देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा उदारवाद र निजीकरणको नीतिले मुख्य भूमिका खेलेको उल्लेख गर्दै त्यसको कार्यान्वयनका क्रममा देखिएका कमजोरीहरू हटाएर निजी क्षेत्रलाई अझ प्रोत्साहित गर्नुपर्ने धारणा राखे।

    “निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु सकारात्मक संकेत हो। आज देशभित्र लोडसेडिङ छैन, यो खुशीको कुरा हो,” देउवाले भने।

    उनको भनाइमा ऊर्जा क्षेत्रमा लगानी अभिवृद्धि गर्न हरित ऊर्जा (ग्रीन इनर्जी) मा समेत विशेष जोड दिनुपर्ने आवश्यकता छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend