२०८३, आश्विन २१ गते

images

कल्याणपुर नगरपालिकाका मेयर एक लाख घुस रकमसहित रंगेहात पक्राउ

कल्याणपुर नगरपालिकाका मेयर एक लाख घुस रकमसहित रंगेहात पक्राउ

बुधवार, आषाढ ३२ २०८२०३:१३
बुधवार, आषाढ ३२ २०८२०३:१३
  • images

    काठमाडौं ।  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो ।

    अख्तियार स्रोतका अनुसार दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको हो ।

    अहिले अख्तियारको टोलीले घटनास्थलमा मुचुल्कासहित अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend