काठमाडौँ । आर्थिक वर्षको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिने भने सुन तोलामा एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।
चाँदीको मूल्य प्रतितोला दुर्ह जार २६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

