२०८३, आश्विन २१ गते

images

गत वर्ष सरकारी हिसाबः ११ खर्ब ७८ अर्ब आम्दानी, १५ खर्ब २३ अर्ब खर्च

गत वर्ष सरकारी हिसाबः ११ खर्ब ७८ अर्ब आम्दानी, १५ खर्ब २३ अर्ब खर्च

बिहिवार, श्रावण १ २०८२११:४०
बिहिवार, श्रावण १ २०८२११:४०
  • images

    काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/०८२ मा आम्दानीको तुलनामा खर्च बढी गरेको पाइएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष ३ खर्ब ४५ अर्ब बढीले सरकारी खाता नोक्सानीमागएको हो । 

    गत आर्थिक वर्ष सरकारले ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन गर्दा १५ खर्ब २३ अर्ब १० करोड खर्च भएको हो । 

    राजश्व तर्फ कर र गैरकर शिर्षकमा सरकारले सो बराबर राजस्व संकलन गरेको हो । महालेखको तथ्यांक अनुसार गत वर्ष सरकारले राजस्व शिर्षकमा १० खर्ब ४९ अर्ब ८७ करोड राजस्व संकलन गरेको छ । गैरकर शिर्षकमा १ खर्ब २८ अर्ब ९४ करोड राजस्व संकलन भएको छ ।

    आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गतवर्ष १ खर्ब २० अर्ब बढी राजस्व असुल भएको छ । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।

    आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ ।

    अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए । 

    चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब राजस्व संकलनको लक्ष्य छ । आर्थिक वर्ष २०७१/०७२ मा ४ खर्ब ५ अर्ब,  २०७२/०७३ मा ४ खर्ब ८१ अर्ब, ७३/०७४ मा ६ खर्ब ९ अर्ब, २०७४/०७५ मा ७ खर्ब २६ अर्ब, २०७५/०७६ मा ८ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो ।

    त्यसैगरी २०७६/०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७/०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८/०७९ मा १० खर्ब ६६ अर्ब, २०७९/०८० मा ९ खर्ब ५७ अर्ब र ०८०/०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।

    खर्चतर्फ सरकारले १५ खर्ब २३ अर्ब १० करोड खर्च गरेको छ । चालु शिर्षकमा सरकारले ९ खर्ब ८० अर्ब खर्च गर्दा विकास खर्चतर्फ २ खर्ब २२ अर्ब खर्च गरेको छ । यस्तै राष्ट्रिय ऋणको सावा ब्याज भुक्तानीका लागि सरकारले ३ खर्ब २० अर्ब रुपैंया खर्च गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend