२०८३, आश्विन २१ गते

images

एक सय २२ करदाता कारबाहीमा, बक्यौता भुक्तानी नगरे बैंक खाता नै रोक्का हुने

एक सय २२ करदाता कारबाहीमा, बक्यौता भुक्तानी नगरे बैंक खाता नै रोक्का हुने

शुक्रवार, श्रावण २ २०८२१०:४६
शुक्रवार, श्रावण २ २०८२१०:४६
  • images
    काठमाडौँ । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि कर नबुझाएका १२२ करदाता कारबाहीमा परेका छन् । 
     
    लामो समयदेखि मूल्य अभिवृद्धि, आयकर, अन्तःशुल्क तथा अग्रिम करकट्टीको बक्यौता नबुझाउने १२२ जना करदातामाथि कारबाहीको प्रक्रिया अघि बढाइएको उक्त कार्यालयका प्रमुख युक्तप्रसाद सुवेदीले बताए ।
     
    अब निर्धारित मितिमा बक्यौता दाखिला नगरे बैंक खाता, घरजग्गा तथा आयातनिर्यात रोक्का गरिने चेतावनी प्रमुख सुवेदीले जानकारी दिए ।  
     
    कर नबुझाउनेहरूको अभिलेख तयार भएको उनले बताए । साथै नियमित बजार अनुगमनपछि आर्थिक वर्ष २०८१/८२ मा करदाता बढेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend