२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • प्रचण्डपछि शेखरसँग विद्याको भेट, के भयो...

प्रचण्डपछि शेखरसँग विद्याको भेट, के भयो कुराकानी ?

प्रचण्डपछि शेखरसँग विद्याको भेट, के भयो कुराकानी ?

शुक्रवार, श्रावण २ २०८२११:२४
शुक्रवार, श्रावण २ २०८२११:२४
  • images

    काठमाडौँ । राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो समय भेटघाटलाई निरन्तरता दिन थालेकी छिन् । 

    बिहीबार नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी उनले शुक्रबार नेपाली कांग्रेसका नेता डा।शेखर कोइरालासँग भेटवार्ता गरेकी छिन ।

    शुक्रबार नेता कोइराला पूर्वराष्ट्रपति भण्डारीलाई भेट्ने उनको निवास पुगेका थिए । दुई जनाबीच करिब एक घण्टा संवाद भएको उनीहरु निकट स्रोतले बतायो ।

    स्रोतले भन्यो, ‘विद्या भण्डारीजीले आफू राजनीतिमा आएको शेखरजीसँग बताउनु भयो । उहाँले नेता शेखरको साथको अपेक्षा राख्नुभएको छ ।’

    कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन कोइरालाले भण्डारीलाई सुझाव दिएका थिए ।

    बेथिति, भ्रष्टाचार, कुशासनका विरुद्धका आवाजमा पूर्वराष्ट्रपति मुखरित हुनुपर्ने कोइरालाले उनीसँग विचार थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend