२०८३, आश्विन २१ गते

images

लाभांश वितरणमा राष्ट्र बैंकको कडाई

लाभांश वितरणमा राष्ट्र बैंकको कडाई

आइतवार, श्रावण ४ २०८२१२:४६
आइतवार, श्रावण ४ २०८२१२:४६
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा कडाई गरेको छ । बैंकले आइतबार एक परिपत्र जारी गर्दै भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थालाई लाभांश वितरणमा कडाई गर्दै  लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गरिएको जनाएको हो । 

    यो मार्गदर्शन बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाका लागि भएको राष्ट्र बैंकले प्रष्ट्याएको छ । यस्ता संस्थाले आर्जन गरेको मुनाफाको बाँडफाँड तथा लाभांश वितरणसम्बन्धी व्यवस्थालाई पारदर्शी एवं थप व्यवस्थित बनाउने अभिप्रायले यो मार्गदर्शन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले यस मार्गदर्शन समेतलाई आधार लिई लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गरी लागू गर्न निर्देशन दिएको छ । यस्तो नीति संस्थाको सञ्चालक समितिबाट पारित भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

    लाभांश नीतिमा नियामकीय पुँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना र प्राथमिकता सम्बन्धी विवरण, नगद लाभांश र शेयर लाभांश वितरणसम्बन्धी नीति तर्जुमा गर्नुपर्नेछ । अनुमतिपत्रप्राप्त संस्थाले जोखिम बहन कोष तथा जगेडा कोषको व्यवस्था गरी यस्ता कोषमा मुनाफाको निश्चित प्रतिशत रकम छुट्याउनु पर्नेछ ।

    जोखिम बहन कोषको रकम संस्थालाई अप्रत्याशित रुपमा आइपर्ने घटनाबाट हुने क्षतिको व्यवस्थापनको लागि प्रयोग गर्न सकिनेछ ।कोषहरुबाट भएको खर्चको विवरण राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ ।

    भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोषको समेत व्यवस्था गरी मुनाफाको निश्चित प्रतिशत रकम कोषमा जम्मा गर्ने व्यवस्था गर्नुपर्नेछ । यस्तो कोषको रकम संस्थाको पूर्वाधार विस्तारमा खर्च गर्न सकिनेछ । त्यस्तै राष्ट्र बैंकले तोकेका अन्य कोषहरुमा जम्मा गर्नुपर्ने रकम  छुट्याउनुपर्नेछ ।

    लाभांश वितरणका लागि संस्थाको वित्तीय अवस्था सबल हुन आवश्यक हुन्छ , यसका लागि अनुमतिपत्र प्राप्त संस्थाले लाभांश घोषणा गर्दा संचित मुनाफा ऋणात्मक नरहेको हुनुपर्नेछ । संस्था मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्नेछ। 

    शेयर प्रिमियम एवं ब्रागेन पर्चेज गेनबाट नगद लाभांश घोषणा गर्न नपाईने एवं शेयर लाभांश वितरण गर्दा संस्थाको नेटवर्थ ऋणात्मक नरहेको हुनुपर्नेछ । नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात रहेको हुनुपर्नेछ ।

    संस्थाले उपभोग गरेको कर्जासँग सम्बन्धित शर्तहरुले लाभांश वितरण बन्देज गरेको अवस्था नरहेको, राष्ट्र बैंकबाट भएको स्थलगत एवं गैरस्थलगत निरीक्षणका क्रममा वित्तीय दायित्व सिर्जना हुन सक्ने गम्भिर प्रकृतिका कैफियत रहेको अवस्था नरहेको अवस्थामा मात्र लाभांश वितरण गर्न पाउनेछन् । 

    यस्ता संस्थाहरुले राष्ट्र बैंकले तोकेको विभिन्न कोषहरुमा रकम छुट्याई बाँकी रहेको संचित मुनाफाबाट लाभांश वितरण गर्न प्रस्ताव गर्न सक्नेछन्। लाभांश वितरणका लागि वित्तीय विवरण प्रकाशन गर्ने स्वीकृति संगै लाभांश प्रस्ताव समेत समावेश गरी राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने छ ।

    nrb suchana.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend